विरोध प्रदर्शनमा सहभागि हुन काग्रेसको अपिल

  हिमाल समाचार
63 Shares

काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएको नेपाली काग्रेसले सबैलाई उपस्थितिका लागि अपिल गरेको छ । प्रतिनिधिसभा विघटन लोकतन्त्र विरोधी गैरसंवैधानिक कार्य भएकाले यसलाई सच्याउनका लागि सरकारलाई दवाव दिने उदेश्यका साथ काग्रेसले विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएको छ । यही क्रमलाई निरन्तरता स्वरुप शनिबार पनि विरोध प्रदर्शन राखेको काग्रेसले यस अघि नै सार्वजनिक गरेको विरोध कार्यक्रमको सुचिमा समावेश छ ।
भोलि (शनिबार) कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।

यसबीच कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे ।

‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलले भने ।

सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे । संसद् विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलले बताए । संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उनले बताए । ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार