‘नागरिक एप’ सार्वजनिक

  हिमाल समाचार
28 Shares

काठमाडौँ-सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् ।
नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार