काठमाडौँ- नेपाल–भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित दुईदेशबीच देखिएका सीमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।
शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा बसेको नेपाल–भारतको संयुक्त आयोग (जेएमसी)को छैटौं बैठकमा नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादको प्रसंग उठाएको थियो ।
जवाफमा भारतले यी विषय प्राविधिक टोली मार्फत हल खोज्नुपर्ने बताएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादले नेपाल र भारतबीचको सम्बन्धमा समस्या उत्पन्न भएको थियो ।
आफ्नो भूमि फिर्ताका लागि नेपालले पहिलो पटक भारतसँग औपचारिक प्र्रस्ताव राखेको हो । यसमा दुबै पक्ष सकारात्मक रहेका छन् ।
यस्तै बैठकमा नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने र विवादका विषयहरु सहमतिबाटै टुंग्याउन पनि दुबै देश सकारात्मक बनेका छन् ।
नेपाल र भारतबीच पनि कोरोना खोपको विषयमा सम्झौता हुने भएको छ । भारतबाट नेपाल खोप ल्याउनका लागि सम्झौताको तयारी भएको हो । दुई देशबीच शनिबार सम्झौतामा हस्ताक्षर हुने भएको छ ।