स्वास्थ्य चौकी दुर्छिमबाट निशुल्क एन्टि रेबिज भ्याक्सिन उपलब्ध

सोलुखुम्बु – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकले एन्टि रेबिज भ्याक्सिन अभावमा अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला अस्पताल र महामारी रोग केन्द्र टेकुसंगको समन्वयमा स्वास्थ्य चौकी दुर्छिमबाट निशुल्क एन्टि रेबिज भ्याक्सिन उपलब्ध गराईने नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । विगतमा कुकुरको टोकाई पश्चात लगाईने एन्टि रेबिज भ्याक्सिन नहुदा जिल्ला अस्पताल दिक्तेल, ओखलढुंगालगायत अन्यत्र धाउनु पर्ने बाध्यता थियो । सोही बाध्यतालाई ध्यानमा राख्दै निशुल्क एन्टि रेबिज भ्याकिसनको व्यवस्था मिलाईएको मेयर राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार