आफ्नो पालिकाको लेखा परिक्षण अर्को पालिकामा ?

  हिमाल समाचार
91 Shares

खोटाङ-बराहपोखरी गाउँपालिकाले लेखापरीक्षण गराउन खोटेहाङ गाउँपालिका ल्याएको कागजको श्रेष्ता गाउँपालिका नै फर्काएको छ । एउटा गाउँपालिकाको लेखापरीक्षण अर्को गाउँपालिकामा बसेर गर्ने कुरा सञ्चारमाध्यमले थाहा पाएपछि कागजको श्रेष्ता पुनः गाउँपालिका नै फर्काएको हो ।

महालेखापरीक्षकले कोष तथा लेखा नियन्त्रकको कार्यालय दिक्तेलमा ऐसेलुखर्क गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण गरेपछि आलोचित र मिडियाबाजी भएपछि पालिका पालिका पुगेर लेखापरीक्षण गरिरहंदा बराहपोखरी गाउँपालिकाले भने व्यवहारिक कठिनाइको कारण देखाउँदै महालेखापरीक्षकलाई अनुरोध गरेर खोटेहाङ गाउँपालिकामा लेखापरीक्षण गराउन कागजको श्रेष्ता बोकेर आएको थियो ।

कार्यालय प्रमुख पनि विदामा भएको, आर्थिक प्रशासन चलाउने आफू एकजना मात्रै भएको र आफू पनि माघ ७ गतदेखी महिनादिन विदा बस्न स्वीकृती पाएकाले खोटाङबजारमा लेखापरीक्षण गराउन कागजको श्रेष्ता बोकेर आएको बराहपोखरी गाउँपालिकाका लेखा अधिकृत छत्र बहादुर बानियाँले बताए । म

हाल लेखापरीक्षक स्थानीय सरकार कहाँ जाने कि स्थानीय सरकार महालेखापरीक्षक कहाँ आउने भन्ने प्रश्नमा अनविज्ञता प्रकट गरेका लेखा अधिकृत बानियाँ र लेखापरीक्षण अधिकारी किशोर पोखरेलले अन्ततः कागजको श्रेष्ता ट्याक्टरमा हालेर गाउँपालिका फर्काएका छन् । सञ्चारमाध्यमले खबर नपाएको खण्डमा १ माघबाट खोटेहाङ गाउँपालिकामा उनीहरु लेखापरीक्षण गराउने तयारीमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार