महाकुलुङमा रक क्लाइम्बिङ सेन्टरको उद्घाटन

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङ स्थित रोयइलुङ (मह)भिरमा स्थापना गरिएको रक क्लाइम्बिङ सेन्टरको उद्घाटन गरिएको छ ।

स्थानीय सरकारको ५ लाख र अन्तराष्ट्रिय माउण्टेन गाइड तेण्डी शेर्पाको पहलमा प्राप्त सहयोग ३ लाख ६५ हजारको लागतमा स्थापना गरिएको सेन्टरको शनिबार इलाका प्रशासन कार्यालय सोताङका प्रमुख विनोद गौतम र महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

इलाका प्रशासन प्रमुख विनोद गौतमले रक क्लाइम्बिङ सेन्टर स्थापनाले यूवाहरुलाई अवसरको ढोका खुलेको बताए । गौतमले दिगो संचालनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । गाउँपालिका अध्यक्ष सागर किराँतीले रक क्लाइम्बिङलाई प्राविधिक शिक्षाको थलोको रुपमा विकास गर्ने बताए । रक क्लाइम्बिङको दिगो संचालनका लागि थप योजना अघि सार्ने अध्यक्ष किराँतीको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुरन्जन बरालले रक क्लाइम्बिङ थप व्यवस्थित गर्ने बताए । अन्तराष्ट्रिय माउण्टेन गाइड तेण्डी शेर्पाले यूवालाई आकर्षण गर्ने गरि रक क्लाइम्बिङको संचालनमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा रक क्लाइम्बिङ सेन्टर स्थापनामा खटेका ५ जना प्राविधिकलाई सम्मान समेत गरिएको छ । २५ मिटर अग्लो रक क्लाइम्बिङ सेन्टरमा ९ ओटा रुट प्रयोग गर्न सकिनेछ ।

फोटो – दिपेन्द्र पराजुली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार