सुतार कार्की एकता समाजलाई निशुल्क जग्गा

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – सुतार कार्की एकता समाज सोलुखुम्बुलाई निशुल्क जग्गा प्राप्त भएको छ ।

माप्य दुधकोशी ३ दाम्कुमा निर्माण गरिने दुर्गा मन्दिरका लागि स्थानीय पदम बहादुर कार्की, वडाअध्यक्ष नारायण काजी कार्की, र हेम बहादुर कार्की तिन दाजुभाईले आफ्ना मातापिता स्वर्गीय नवाफसिं कार्की र चन्द्र कुमारी कार्की तथा रुद्रमाया कार्कीको सम्झनामा एक रोपनी जग्गा निशुल्क उपलब्ध गराएको बासा सहकर्मी ललित कार्कीले जानकारी दिए ।

प्राप्त जग्गामा माप्य दुधकोशी गाउँपालिकाबाट विनियोजन भएको १२ लाखको लागतमा दुर्गा मन्दिर निर्माणको तयारी गरिएको छ । मन्दिर निर्माण गरिएपछि सुतार कार्कीको कुलपुजा लगायतका धार्मिक तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने सुतार कार्की एकता समाजका अध्यक्ष टिका बहादुर कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार