मनाङे उभिए वामदेव पक्षमा

  हिमाल समाचार
98 Shares

काठमाडौं-गण्डकी प्रदेश सभामा ओली पक्षको बहुमत देखिएको छ । स्पष्ट दुई तिहाई सिट पाएको नेकपासँग कुल ६० मध्ये ४० जना सांसद थिए । पार्टी विभाजनतर्फ मोडिएपछि नेकपा सांसदहरुले पनि आफ्ना ‘कित्ता स्पष्ट’ पारेका छन् ।

गण्डकी प्रदेश सभामा बहुमत देखिएको ओली पक्षसँग २६ जना सांसद छन् । दाहाल-नेपाल पक्षसँग जम्मा १३ जना सांसद छन् । १३ मध्ये इन्द्रलाल सापकोटा बाहेक १२ जना तत्कालीन माओवादीबाट निर्वाचित हुन् ।

मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका दिपक मनाङे बीचमा प्रवेश गरेपछि नेकपाले स्पष्ट दुई तिहाइ मत पुर्‍याएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका मनाङे हाल पार्टी विभाजनको विपक्षमा रहेको भन्दै वामदेब समूहतिर लागेका छन् । प्रदेश सभामा नेकपाबाट वामदेव पक्षमा उभिएका उनी एक्ला सांसद हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार