काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा भौतिक रुपमा कक्षा संचालन

  हिमाल समाचार
77 Shares

काठमाडौँ- महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड-१९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका हुन् ।

काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरूको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरूको चाप घटाएका छन् ।

काठमाण्डौका केहि विद्यालयहरू आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् । केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरूको तयारी रहेको छ ।

कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।

तस्विर: अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार