कोरोनाको नयाँ प्रजातीले थप्यो चिन्ता

  हिमाल समाचार
63 Shares

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।

कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो। उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ र ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाउन त्यसले सहयोग गरेको छ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ। नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरेको, यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको र प्रयोगशालामा गरिएका परीक्षण अनुसार यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएकोले नयाँ भाइरसले चिन्ता थपेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार