विप्लव समूहका बास्तोलालाई एक साता हिरासतमा राख्न अनुमति

  हिमाल समाचार
77 Shares

काठमाडौं- विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाविरुद्ध अनुसन्धानका लागि प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।

प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ । बाँस्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ भने उनीसँगै बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट समातिएका अन्य दुई नेतालाई भने अदालतबाट वारेन्ट जारी भएको अभियुक्तलाई भगाउने प्रयास गरेको अभियोग लगाइएको छ ।

विप्लव समूहले भने बास्तोलाको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार