हलेसी तुवाचुङमा मकैको खोसेलाबाट आकर्षक सामग्री बनाइने

  हिमाल समाचार
56 Shares

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्यम विकास कार्यक्रम ल्याएको छ ।

मकै खोसेलेपछि गाईवस्तुलाई खुवाउनमा उपयोग भइरहेको खोस्टाबाट जुत्ता, चप्पल, झोला, पिरा, ढाकी लगायतका सामग्री उत्पादन गर्दै स्थानीयलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम ल्याएको हो ।

खेर गइरहेका खोस्टाबाट घरायसी सामग्री उत्पादन गर्दै साना उद्यमका रुपमा विकास गर्ने र स्थानीयको गरिवि निवारणमा टेवा पु¥याउने लक्ष्यका साथ खोसेलाको सामग्री सम्वन्धी लघु उद्यम विकास कार्यक्रमको अवधारणा अघि सारिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताईन् ।

हाल नगरपालिकाका ११ वटै वडामा लघु उद्यम विकास कार्यक्रमका लागि आवेदन संकलन भइरहेको छ । यस वर्ष नगरपालिकाभित्रबाट इच्छुक ५० जना स्थानीयलाई छनौट गर्ने र व्यवसाय सञ्चालन सम्वन्धी तालिममा सहभागी गराएर पुःन खोस्टाको सामग्री निर्माण सम्वन्धी अर्को तालिम दिएर मात्र सामग्री उत्पादन सुरु गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार