सोलुखुम्बुमा आइचर दु’र्घटना, ३ जनाको ज्या’न गयो (अपडेट)

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महादेव भिरमा भएको दु’र्घटनामा ज्या’न गुमाउने ३ जनाकै परिचय खुलेको छ ।

आइतबार राती करिब ११ः३० को समयमा बा ४ ख ७९८० नम्बरको आइचर दु’र्घटनामा ज्या’न गुमाउनेहरुमा धादिङ घर भएका ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् ।

हेटौडाका २३ बर्षिय रमेश मगर ग’म्भिर घा’इते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

आइचर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरबाट करिब ३ सय मिटर तल ख’सेको हिमालकर्मी दिपेन्द्र पराजुलीले जानकारी दिए ।

दु’र्घटनाग्रस्त आइचर दुधकोशी सोलुखोला (८६ मेगावाट)जलविद्युत आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।

सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भिरमा दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने सहज मार्ग भएपनि सल्यान तर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन् । फायल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार