चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृ’त्यु

  हिमाल समाचार
56 Shares

झापा-दमकमा चार सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृ’त्यु भएको छ। घ’टनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

सोमबार बिहान ९ बजे दमक नगरपालिका-४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्।

प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो ठोक्किएका थिए।

दुर्घटनामा अटोमा सवार ४० सन्तोष श्रेष्ठ र अटो चालक उर्लाबारी नगरपालिका-४ का देवेन्द्र बुढाथोकीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बुढाथोकीको घटना’स्थलमै र श्रेष्ठको उपचारका लागि उर्लाबारी अस्पताल लैजाने क्रममा बाटोमै मृ’त्यु भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

श्रेष्ठको ठेगाना खुलिसकेको छैन। अटोमा सवार इनरुवा-७ बस्ने २४ वर्षको सौजन मगर गम्भीर घाइते छन्।

उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ।

अटोमा सवार झापा दमक-४ का २० वर्षीय राजु सिलवाल र मोटरसाइकल चालक दमक-२ का २८ वर्षीय रमेश पोखरेल घाइते रहेको र उनीहरूको अवस्था सामान्य रहेको भट्टराईले बताए।

एम्बुलेन्स र अटो ठोक्किएपछि एम्बुलेन्सभन्दा पछाडि रहेको को११प ९५२५ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व जाँदै गरेको को२५प १९३३ नम्बरको स्कुटर ठोक्किएका थिए।

अटो र एम्बुलेन्स ठोक्किएपछि ती सवारीका कारण मोटरसाइकल र स्कुटर पनि ठोक्किएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार