सोलुखुम्बुमा ४ हजार भन्दा बढि किविको विरुवा वितरण तयारी

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु-प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाईको सम्पर्क कार्यालय सोलुखुम्बुले ४ हजार भन्दा बढि किविको विरुवा वितरण गर्ने भएको छ ।
कृषकको मागको आधारमा कार्यालयले ४ हजार २०३ वटा विरुवा कृषकलाई वितरण गर्न लागेको हो । कृषकबाट १० हजार विरुवा माग गरिएको भएपनि कृषक र परियोजना कार्यान्वयन ईकाईको लागत साझेदारीमा माघ महिना भित्रै ४ हजार विरुवा वितरण गर्ने तयारी गरिएको प्राविधिक सुनिता पाण्डेले जानकारी दिईन ।

कृषकले प्रति किवि विरुवालाई २१० रुपैँया र परियोजना कार्यान्वयन ईकाई सोलुखुम्बुको ९० रुपैँया गरि ३ सयको लागतमा विरुवा वितरण थरिनेछ ।

विरुवाको ढुवानी खर्च परियोजनाले बेहोर्ने छ । माघको दोस्रो हप्ताबाट किविको विरुवा वितरण सुरु गर्ने तयारी गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाईको सम्पर्क कार्यालय सोलुखुम्बुले कृषकलाई आगामी असारमा सुन्तलाको विरुवा समेत वितरण गर्ने भएको छ ।

गत कार्तिक सम्म कृषकबाट आव्हान गरिएको माग निवेदनको आधारमा १६ हजार ५० वटा विरुवा वितरण गरिनेछ ।

सुन्तलाको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार