१२ जना ज्यान जो’खिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु-१२ जना सुत्केरी महिलाले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दुर्गम क्षेत्रका ज्यान जो’खिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा लिएका छन् । चालु आर्थिक बर्ष २०७७/७८ को पौष मसान्त सम्म सोलुखुम्बुका ७ स्थानीय तहका ७ जना महिलाले सेवा लिएका हुन् ।

यसअघि आर्थिक बर्ष २०७६/७७ मा ४ जना सुत्केरी महिलाले सेवा लिदाँ हाल सम्म कुल १२ जनाले सेवा लिएको महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको, सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको, रक्त अल्पता भएको गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई सुविधासम्पन्न अस्पतालमा स्थानीय स्वास्थ्य संस्थाले रेफर गर्ने गरेका छन् ।

सुविधा सम्पन्न स्वास्थ्यसंस्था अभावमा आमा र बच्चाको जीवन बचाउनका लागि गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यक्रमले निकै ठूलो सहयोग पुगेको लाभग्राहीको भनाई छ ।

फाइल तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार