काठमाण्डौँ- प्रतिनिधि सभा विघटन वि’रुद्ध सडकमा उत्रिएका आ’न्दोलन’कर्मीहरुले वि’रोधको नयाँ नयाँ शैली अपनाएको देखिन्छ । आज प्रतिनिधिसभा विघटनविरुद्ध लगातार प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले फरक शैलीमा वि’रोध गरेको छ ।
माइतीघर मण्डलामा प्रदर्शनकारीहरुले ऐना, घडी, बिरुवासहितको गमला तथा योगाशन मार्फत वि’रोध जनाएका हुन् । प्रतिनिधिसभा विघटनले लोकतन्त्रको बिरुवामाथि आ’क्र’मण भएको भन्दै सांकेतिक रुपमा वि’रोधका लागि नयाँ उपाय अपनाइएको विवेकशील पार्टीले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा वि’घटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तय गरेपछि विरोध प्रदर्शन हुँदै आएको छ ।