महादेव भिर दु’र्घटनाग्रस्त क्षेत्र, बर्षै पिच्छे दु’र्घटना

  हिमाल समाचार
4.2k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव भिर दु’र्घटनाग्रस्त क्षेत्रमा परिणत भएको छ । साँगुरो र ग्रेडिङ नमिलेको कच्ची सडक र घुम्तीका कारण सो क्षेत्रमा पटक पटक सवारी दु’र्घटना हुने गरेको छ ।

सवारी दु’र्घटनाकै कारण हालसम्म ११ जनाको ज्या’न गएको छ । २०७५ असार १५ गते भएको जीप दु’र्घटनामा ७ जनाले ज्या’न गुमाएका थिए । नेचा सल्यानबाट काठमाडौं जादै गरेको जीप तिङ्लाको महादेव भिरमा दु’र्घटना भएको थियो ।

त्यस्तै, २०७६ असोज १९ गते बोलेरो जीप दु’र्घटनामा परेका थियो । सो दु’र्घटनामा एक जनाको ज्यान गएको थियो ।

काठमाण्डौबाट नेचातर्फ जादै गरेको ना. १ ज. ५३४२ नम्बरको टाटा सुमो र नेचाबाट सल्लेरी तर्फ आउदै गरेको बा. १५ च. ९४२० नंम्बरको बोलेरो जीप भिर क्षेत्रबाट क्रस गरिसकेपछि माथिल्लो घुम्तीबाट बोलेरो जीप सुमो जीपमाथी बजारिएको थियो ।

त्यस्तै, आइतबार राती भएको दु’र्घटनामा ३ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । महादेव भिर प्रवेशको पहिलो घुम्ती (तिङला तर्फको)बाट आइचर भिर छिचोल्दै तल्लो सडकमा (करिब ३ सय मिटर तल) बजारिएको थियो ।

बा ४ ख ७९८० नम्बरको आइचर सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माणमा प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा दु’र्घटनामा परेको प्रहरीले जनाएको छ ।

लगातार ३ बर्षको सवारी दु’र्घटनाले महादेव भिर दु’र्घटनाग्रस्त क्षेत्रमा परिणत भएको छ । त्यस क्षेत्रमा गुडाउदा साना तथा ठूला सवारी चालकले निकै सा’वधानी अपनाउनुपर्ने अवस्था देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार