छेस्काम माविका निवर्तमान अध्यक्ष कुलुङ माथि आ’क्रमण गर्नेलाई कानुनी कार’बाहीको माग

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु- छेस्काम माविका निवर्तमान अध्यक्ष विद्याराज कुलुङ माथि आ’क्रमण गर्नेलाई कानुनी कार’बाहीको माग गर्दे गृहमन्त्री रामबहादुर थापालाई नेपाली काँग्रेस सोलुखुम्बुले ध्यानाकर्षण पत्र बुझाएको छ ।

सत्ताको आडमा प्र’हरी प्रशासन एक पक्षिय रुपमा जिल्लामा काँग्रेसलाई दबाउनका लागेको आरोप लगाउँदै घटनाका दोषीलाई प’क्राउ गरि कारबाहीको प्रक्रिया अघि बढाउन सचेत गराइएको काँग्रेसले बताएको छ । काँग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले बुझाउनुभएको ध्यानाकर्षणपत्रमा निर्वतमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माथी भएको आ’क्रमणलाई निन्दनीय भनिएको छ ।

यसैबीच, छेस्काम माविका निवर्तमान अध्यक्ष कुलुङ माथि गत शनिबार आ’क्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन नेपाल शिक्षक महासंघ सोलुखुम्बुले माग गरेको छ ।

महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोलाले पे्रश विज्ञप्ती जारी गर्दै विद्यालय जस्तो पवित्र स्थानमा हिं’सा भड्काउने आ’परा’धिक समूहलाई का’र्वाहीको दायरामा ल्याउन माग गरिएको छ । त्यस्तै, छेस्काम पुर्व विद्यार्थी तथा युवा सरोकार मञ्च छेस्कामले पनि विद्यालय परिसरमा भएको आ’परा’धिक गतिविधि प्रति भत्सर्ना गर्दै दोषिलाई कारबाहीको माग गरेको छ ।

निर्वतमान अध्यक्ष कुलुङ माथी शनिबार राती आ’क्रमण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार