सोलुखुम्बुबाट करिब ६ सय जना स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउन सिफारिस

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – सोलुखुम्बुबाट करिब ६ सय जना स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउनका लागि सिफारिस गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुष २० गतेको निर्णय अनुसार कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप लगाउने योजना बनाएअनुसार सोलुखुम्बुबाट ३०६ जना स्वास्थ्य स्वयमसेविका र अन्य स्वास्थ्यकर्मीको तथ्याङक संकलन गरिएको हो ।

संकलन गरिएको तथ्याङक स्वास्थ्य सेवा विभागमा पठाईएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कोरोना रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा खटिने सरकारी, गैरसरकारी, तथा निजि अस्पताल, स्वास्थ्य संस्था, लगायतका सबै तहका स्वास्थ्य संस्थामा कार्यररत स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप प्रयोजनका लागि सिफारिस गरिएको हो ।
यसैबीच जिल्ला अस्पताल फाप्लुलाई प्रदेश १ सरकारले एक जना मेडिकल अफिसर पठाएको छ ।

स्वास्थ्यकर्मी अभावका कारण सेवा प्रवाहमा समस्या खेप्दै आएको अस्पताललाई करारमा प्रदेश सरकारले १ मेडिकल अफिसर पठाएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।

प्रदेशले डा. अनोज तुम्बाहाम्फेलाई पठाएपछि सेवा प्रवाह अझ प्रभावकारी बन्ने अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार