जन्तेढुंगाका किसानलाई अनुदानमा मकैको बीउ बाँड्ने तयारी

  हिमाल समाचार
70 Shares

खोटाङ- जन्तेढुंगा गाउँपालिकाले अनुदानमा किसानलाई उन्नत जातको मकैको बीउ वितरण गर्ने तयारी गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७–०७८ को कृषि विकासतर्फको कार्यक्रम अन्तर्गत मकै वाली प्रवद्र्धनका लागि ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बीउ वितरणको तयारी थालेको हो ।

सूचना जारी गरी गाउँपालिकाभित्रका किसानहरुले संलग्न आ–आफ्नो कृषक समुह र सहकारी समुहहरुले लगाइने मकैको जात, मकै खेती लगाइने क्षेत्रफल र आवश्यक परिमाणसहित १८ माघसम्म आवेदन पेश गर्न भनिएको गाउँपालिकाका कृषि सेवा शाखा संयोजक तोषल भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार