सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिका ३ बासा दाम्कु स्थित पद्यमकन्या आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ ।
विद्यार्थीलाई जाडोबाट बच्न तथा नियमित विद्यालय आउनका लागी प्रोत्साहन गर्ने उद्धेश्यले माउण्टेन स्पिड फाउण्डेशनका सम्योजक फुटी शेर्पा र उपाध्यक्ष छिरि शेर्पाको संयुक्त पहलमा विद्यालयमा अध्ययनरत करिव १५० जना विद्यार्थी र शिक्षकलाई ३ लाख बढी मुल्यको एक–एक सेट ज्याकेट, मास्क, सेनिटाइजर, सावुन, टावल, ब्रस–मन्जन लगायतका सामग्री वितरण गरिएको विद्यालयका शिक्षक प्रेमध्वज कार्कीले जानकारी दिएका छन् ।