विराटनगर-बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रचण्ड–माधव समूहले दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो
। प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गरे ।
प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँचजना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
नेकपा भित्रैको एउटा समूह कतै नखुलेपछि ओली समूहको बैठक रोकिएको हो ।
बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।