प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु

  हिमाल समाचार
56 Shares

काठमाडौं-नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड-माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार