सोलुखुम्बुको थामेमा आइस एण्ड क्लाइम्बिङ फेस्टिबल हुने

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु स्थित थामेमा आईस एण्ड रक क्लाईम्बिङ फेस्टिबल हुने भएको छ । कोरोना महाकारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि थामे आइस एण्ड रक क्लाइम्बिङ फेस्टिबलको आयोजना गरिएको हो ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को मुख्य आयोजनामा थामेमा यम्बु ठमीछो किदुगले पहिलो पटक यो फेस्टिभलको आयोजना गर्ने भएको हो । जनवरी २२ देखि २९ सम्म थामेमा सञ्चालन हुने फेस्टिभलमा २५ जनाको सहभातिा रहने छ ।

किदुकका अध्यक्ष निमा शेर्पाले किर्तिमानी आरोहीहरुको जन्मथलोमा अवस्थित आइस क्लाइम्बिङ र रक क्षेत्रलाई बिश्वभर पर्यटन प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न फेष्टिवलको आयोजना गरिएको बताउनुभयो ।

थामेमा विश्व प्रसिद्ध आरोहीहरु सर एटमण्ड हिलारीसंगै सगरमाथामा पहिलो पाइला टेक्ने तेम्जिङ नोर्गे शेर्पा, दश पटक विना अक्सिजन सगरमाथा आरोहण गर्नुभएका आङरिता शेर्पा, सबैभन्दा धेरै २४ पटक सगरमाथा आरोहण गर्नुभएका कामी रिता शेर्पा लगायत किर्तीमानी आरोहीहरुको जन्मस्थान भएकाले प्रचार प्रसारका लागि यसले योगदान पुग्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार