श्रीचौरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण

  हिमाल समाचार
0 Shares

ओखलढुंगा- मोलुङ गाउँपालिका वडा नं ६ श्रीचौरमा श्रीचौर विकास युवा क्लबले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गरेको छ ।

१२ जना जेष्ठ नागरिकलाई सम्मान र १४ जना अपांगता भएका व्यक्तिलाई गाउँपालिका अध्यक्ष मणिराज राई र उपाध्यक्ष हेमकुमारी तामाङले ज्याकेट हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा मोलुङ १ का वडाध्यक्ष प्रदीपकुमार बानिया – ५ का वडाध्यक्ष टंकनाथ दाहाल, ६ का वडाध्यक्ष रामकाजी तामाङ र ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारको समेत सहभागिता रहेको थियो ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गंगाबहादुर कार्कीको सहयोगमा ज्याकेट वितरण गरिएको क्लबका अध्यक्ष पुष्कर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार