प्रदेश १ मा ४ सय ६५ जनाको कोरोना स’ङ्क्र’मणबाट मृ’त्यु

  हिमाल समाचार
21 Shares

विराटनगर- प्रदेश १ मा आज १३ जना कोरोना सं’क्रमित थपिएका छन् ।

आज झापाको दमक नगरपालिकामा १ जना महिला र मेची नगरपालिमा १ पुरुष सहित जम्मा २ जना, सुनसरीको धरान उपमहानगरपालिकामा १ महिला, २ पुरुष र बराहक्षेत्र नगरपालिकाका १ जना महिला सहित ४ जना, पाँचथरको फिदिम नगरपालिकाका १ जना महिला, सङ्खुवासभाको चैनपुर नगरपालिकाका १ जना महिला, मोरङको विराटनगर उपमहानगरपालिकाका २ जना महिला र १ जना पुरुष र प्रदेश १ बाहिरका २ जना पुरुष गरी १३ जनामा कोरोना स’ङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज प्रदेश १ मा ३ सय ३० जनाको पिसिआर परीक्षण गर्दा ७ महिला, ६ पुरुष गरी १३ जनामा कोरोना स’ङ्क्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा कोरोना स’ङ्क्रमितको कुल सङ्ख्या ३० हजार ९९ पुगेको छ भने कोरोना जित्नेको सङ्ख्या २९ हजार ४ सय ८९ पुगेको छ ।

प्रदेश १ मा अहिले १ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने अहिले सम्म ४ सय ६५ जनाको कोरोना स’ङ्क्रमणबाट मृ’त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज १६ जना पुरुष र ८ जना महिला गरी होम आइसोलेसनबाट २४ जना कोरोना सं’क्रमित डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार