खोटाङ-सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं हाइस सेवा शुरु गरेको छ ।
प्रालिले मंगलवार दिक्तेलको होटल शुभदिनमा औपचारिक रुपमा कार्यक्रमपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरेसंगै दिक्तेल–काडमाण्डौं हाइस सेवा शुरु गरेको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले जानकारी दिइन् ।
माघ ७ गतेदेखि नियमित रुपमा दिक्तेलबाट दैनिक विहान ६ बजे र काठमाण्डौबाट पनि विहान ६ बजे हाइस छुट्ने अध्यक्ष राईले बताइन् ।
उनले भौगोलिक चुनौति रहेको भएपनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको बताइन् ।