थुप्रीमायाले पाइन् १०९ वर्षको उमेरमा नागरिकता !

  हिमाल समाचार
28 Shares

उदयपुर-ताप्लि गाउँपालिका ४ की थुप्रीमाया सुनुवारले १०९ वर्षको उमेरमा नागरिकता पाएकी छन् ।

जेष्ठ नागरिक सुनुवारलाई इलाका प्रशासन कार्यालय काटारीले गत माघ ४ गते नेपाली नागरिकता प्रदान गरेको हो ।

सामाजिक सुरक्षाभत्ता समेत उनले अस्थायी निस्साबाट पाउने गरेकी थिइन् । तर केहि समयअघि उनको अस्थायी निस्सा हराएपछि नागरिकता लिने प्रक्रिया शुरु गरिएको थियो ।

इलाका प्रशासन कार्यालयका शाखा अधिकृत सुनिल पौडेलले सुनुवार नेपालकै जीवित जेष्ठ नागरिक भएको दावी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार