रावादोलुमा पुरुष तथा महिला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता

  हिमाल समाचार
35 Shares

ओखलढुंगा-खिजिदेम्बा गाउँपालिका ७ रावादोलुमा पुरुष तथा महिला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

यही माघ २९ गतेदेखि १ गतेसम्म हुने प्रतियोगिता खेलकुद विकास समिति रावादोलुले आयोजना गर्न लागेको हो ।

रावादोलुको वडा खेलमैदानमा आयोजना हुने सो प्रतियोगिताका लागि पुरुषतर्फ प्रथम हुने टीमलाई ३५ हजार रुपैया, द्वितीय हुने टीमलाई २० हजार रूपैयाँ र तृतीय हुने टीमलाई १० हजार रुपैयाँ तथा साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै महिलातर्फ प्रथम हुने टीमलाई ९ हजार रुपैया, द्वितीय हुने टीमलाई ७ हजार रूपैयाँ र तृतीय हुने टीमलाई ५ हजार रुपैयाँ तथा साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार