ओखलढुंगाको प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठन पुनर्गठन

  हिमाल समाचार
0 Shares

ओखलढुंगा- प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठन पुनर्गठन भएको छ ।

अनेरास्ववियु ओखलढुंगाको विस्तारित बैठकबाट लक्ष्मण राउतको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरिएको हो ।

पुनर्गठित अनेरास्ववियुको उपाध्यक्षमा चम्बु फुयाल, सचिवमा सुशान्त लामा, सह सचिवमा समीक्षा खड्का, अभिनास कार्की, धनराज चौलागाइँ र कोषाध्यक्षमा कमलप्रसाद धमला रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथ जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष मोहन खड्का, जिल्ला कार्यालय सदस्यहरु नेत्रप्रसाद भट्टराई, हर्कबोल राईलगायतको उपस्थितिमा पुर्नर्गठित अनेरास्ववियुको स्थानीय तहस्तरीय संयोजक र उपसंयोजक समेत चयन गरिएको अनेरास्वियुका केन्द्रीय सदस्य दीपक फुयालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार