अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथग्रहण आज

  हिमाल समाचार
49 Shares

काठमाडौं- अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् ।

गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो ।

अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ ।

बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणाको तयारी भइरहेका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको आ’क्र’मणलाई मध्यनजर गर्दै उनको सपथ ग्रहण कार्यक्रममा कडा सुरक्षाको व्यवस्था गरिएको हो ।

सपथग्रहण कार्यक्रममा अमेरिकी नेशनल गार्डका १० हजार सु’रक्षा’कर्मी तैनाथ हुने जनाइएको छ ।

नेपाली समय अनुसार आज राती १०ः४५ बजे जो बाइडेनले ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।

बाइडेनको सपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक अबामा र पत्नी मिसेल ओबामा, बिल क्लिन्टन् र पत्नी हिलारी क्लिन्टन पनि सहभागि हुने भएका छन् ।

द वासिङ्टन पोस्टका अनुसार सामाजिक दूरी कायम गरेर २०० जना मानिसहरु समारोहमा उपस्थित हुनेछन् । सबैले मास्क लगाउनेछन् र केही दिनअघि नै सबैको कोभिड परिक्षण पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार