कम्यूनिष्टलाई भोट माग्ने नैतिकता छैन : काग्रेस नेता शेर्पा

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु-नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले कम्यूनिष्टलाई भोट माग्ने नैतिकता नभएको बताएका छन् ।

बुधबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै कांग्रेस नेता शेर्पाले ५ बर्षको लागि कम्यूनिष्टलाई भोट दिएपनि समयावधि पुरा नहुदै मध्यावधि निर्वाचनको घोषणाले देशलाई आर्थिक भार थुपार्ने काम गरेको दाबी गर्दै कम्यूनिष्टले भोट माग्ने नैतिकता नभएको बताए ।

नेकपाको आन्तरिक विवादले मूलुकले अस्थिरता झेल्नु परेको र जनचाहनामा घात भएको भन्दै कम्यूनिष्टको औचित्य समाप्त भएको दाबी गरे ।

वडासभापति सोमराज केसीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा, कांग्रेस नेता नविन थापा, नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्ण बहादुर विश्वकर्मा, नेपाल शिक्षक संघका पुर्वअध्यक्ष डण्डीराम राई, जीवनज्योति मावि नेलेका पुर्वप्राचार्य मणिकर्ण राई लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार