प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध जसपाको विरोध

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु- संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन गरेको छ ।

देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने केन्द्रिय कार्यक्रम अनुसार सोलुखुम्बुमा पनि विरोध प्रदर्शन भएको हो ।

सल्लेरी आवाडाडाँ स्थित पार्टी कार्यालय देखि नयाँ बजार सम्म ¥याली निकालेर संसद विघटनको विपक्षमा विरोध प्रदर्शन गरेको हो ।

जनता समाजवादी पार्टी केन्द्रिय सदस्य आङ काजि शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएका आरोप लगाए ।

दुई तिहाई मत दिएर सरकारमा पु¥याएको भएपनि जनतालाई भ्रमीत बनाएको आरोप लगाए ।

संसद विघठन गर्ने अधिकार कसैलाई पनि नभएकाले ओलीले जनता माथि घात गरेको उनको भनाई छ ।

जसपाका अर्का केन्द्रीय सदस्य राजकुमार राईले संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जसपा सोलखुम्बुका संयोजक नरेन्द्र थापा मगर लगायतका जिल्ला स्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार