मध्यावधि निर्वाचनको तयारीमा जुट्दै जिल्ला निर्वाचन कार्यालय

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु/ओखलढुंगा-सरकारले पौष ५ गते संघिय संसद विघटन गरि आगामी बैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै सोलुखुम्बुमा पनि निर्वाचनको तयारी थालिएको छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार मध्यावधि निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले राजनितिक दल सँग छलफल गरिसकेको छ ।

अहिले मतदाता नामावली अद्यावधिक काम र जिल्लाका मतदान स्थलको बारेमा अवलोकन भईरहेको जिल्ला निर्वाचन अधिकारी नम्रता चुडालले बताईन ।

जिल्लामा अहिले १८ वर्ष पुगेका मतदाता ७२ हजार ७०८ रहेका छन् । आगामि शुक्रबार जिल्लाका राजनितिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रातिनिधि र पत्रकारबिच अन्तरक्रिया आयोजना गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी ओखलढुंगामा पनि मध्यावधि निर्वाचनको तयारी अघि बढेको छ ।

निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिएको छ ।

जिल्लाका सबै ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन शिक्षा र सचेतनाका अभियानहरु चलाउने लगायतका कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार