सिद्धिचरण लोकमार्ग मर्मत नहुँदा स्थानीय सर्वसाधरण मा’रमा

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु-प्रदेश १ का पर्ने उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीको मुख्य सडक सिद्धिचरण लोकमार्ग मर्मत नहुँदा स्थानीय सर्वसाधरण मा’रमा परेका छन्।

पहाडी जिल्लालाई तराईसँग जोड्ने सिद्धिचरण राजमार्गको विभिन्न खण्ड जीर्ण बन्दै गएपछि स्थानीय सर्वसाधरण मारमा परेका हुन् ।

सडक जी’र्ण बनेपछि बर्सेनि दुई दर्जनभन्दा बढी यात्रुले सवारी दुर्घटनामा ज्या’न गु’मा’उनु परेको छ।
दैनिक सयौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने भीरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जी’र्ण बन्दै गएको छ।

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नहुँदा यात्रुहरु जो’खिम’पूर्ण यात्रा गर्न बाध्य छन्।

राजमार्ग अन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक, दुर्घटनाको हिसाबले सं’वेद’नशील बनेको छ।

करिब १८ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकलाई १० वर्षअघि वटासिल प्रविधिमार्फत् कालोपत्रे गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार