तापखोलामा निर्माणाधिन पक्की पुलको काम अन्तिम चरणमा

  हिमाल समाचार
49 Shares

खोटाङ-खार्मी र सप्तेश्वरको सिमानामा अवस्थित तापखोलामा निर्माणाधिन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमाना तापखोलामा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको हो ।

पुलको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सुर्य कन्ट्रक्सन प्रालिका सव–कन्ट्राक्टर सुनिल राईले जानकारी दिए । रा

ईका अनुसार अब स्ल्याप ढलान र फुटपातको काम मात्रै बाँकी छ । स्ल्याप ढलानका लागि फर्माको काम सकेर ढलान गर्ने तयारीमा रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार