दलित र फरक क्षमताका विधार्थीलार्ई झोला उपहार

  हिमाल समाचार
28 Shares

खोटाङ-दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दलित र फरक क्षमताका विधार्थीलार्ई झोला वितरण गरेको छ ।

पालिकासँग महिला कार्यक्रम अन्तरगत बतासेका पाँच विद्यालयमा अध्ययनरत दलित तथा फरक क्षमता भएका छात्ररछात्रालाई पुस्तक बोक्ने झोला वितरण गरेको हो ।

वतासेस्थित जनता मावि भण्डारीडाँडाका ७० जना, राम्चे निकेतन मावि इजाराका २९ जना, पञ्चकौशिका मावि भण्डारेघाटका ५ जना, महेन्द्रतारा आधारभूत विद्यालय मुलाबारीका १५ जना, र सहकला प्राथमिक वालिङखाका ६ जना गरी १२५ जना दलित तथा फरक क्षमता भएका विधार्थीलार्ई झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सोही माविमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको छ । आर्थिक वर्ष २०७६–०७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार