किन छोड्दैछन् ? रवि लामिछानेले न्यूज २४, यस्तो छ कारण

  हिमाल समाचार
329 Shares

काठमाण्डौँ – लोकप्रिय चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’का संचालक रवि लामिछाने र सो टिमले न्यूज २४ टेलिभिजन छाड्दैछन् ।

बुधबार फेसबुक स्टाटस लेख्दै सञ्चारकर्मी रविले विहिबारको श्रृंखला प्रसारणपछि न्यूज २४ को यात्रा सकिने जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्यूज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ । यो साथ, सहयोग र अवसरकालागि सम्पुर्ण टेलिभिजन परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु । मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल, निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु ।’

आज सहित ‘सिधा कुरा जनतासंग’ कार्यक्रमको ६४२ औ अंक प्रसारणमा आउनेछन् । न्यूज २४ टेलिभिजन छाड्ने घोषणा गरेका रविल आगामी योजनाका बारेमा केही बोलेका छैन् ।

रविका कतिपय शुभेच्छुकहरुले राजनितिमा सक्रिय हुन सुझाव दिएका छन् भने कतिपयले नयाँ टेलिभिजनबाट कार्यक्रमलाई नै निरन्तरता दिन आग्रह गरेका छन् ।

स्रोतका अनुसार आगामी बैशाख देखि नयाँ टेलिभिजन प्रसारणमा ल्याउने तयारीमा रविको टिम लागि परेका छन् । सोही टेलिभिजनबाट ‘सिधा कुरा जनतासंग’ र ‘द लिडर’ प्रसारणमा आउनेछ । तर कुन टेलिभिजन स्थापना गरिदैछ भन्ने बारे सूचना बाहिरिएको छैन् ।

रवि विश्वमै लामो समय अन्तरवार्ता लिएर विश्व रेर्कड कायम गर्ने नेपाली व्यक्ति समेत हुन् । उनको टिममा दिपक बोहोरा लगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार