दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाए:केपी शर्मा ओली

  हिमाल समाचार
49 Shares

काठमाण्डौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपालसमूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पार्टी निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको पनि आरोप लगाए ।

ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको आरोप थियो । ओलीले दाहाल–नेपालले बुद्धि गलत ठाउँमा लगाएको बताए ।प्रधानमन्त्री ओलीले तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको बताए ।

ओलीले समृद्धि, समानता, सुखको लागि आफूहरु राजनीतिक लडाईं लडिरहेको बताए ।

ओलीले आफूले भारतीय टीभी च्यानललाई दिएको अन्तर्वार्ता र जी न्यूले सगरमाथाको नाम फेर्न चलाएको अभियानको बचाउ गरे । उनले अरुले ‘राष्ट्रवादको तमासा’ देखाएको दाबी गरे ।

दाहालले युद्धका सहयोद्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए । उनले देशको ठूलो समस्या पित पत्रकारिता रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार