‘हिउँचितुवा संरक्षणमा स्थानीयको भूमिका’ विषयक लेख रचना प्रतियोगीताको घोषणा

  हिमाल समाचार
147 Shares

काठमाण्डौँ – हिउँचितुवा संरक्षणको क्षेत्रमा काम गर्दै आएको डार्विन इनिसियटिभ, स्नो लियोपार्ड कन्जरभेन्सी र हिमाली जोशको आयोजनामा ‘हिउँचितुवा संरक्षणमा स्थानीयको भूमिका’ विषयक लेख रचना प्रतियोगीताको घोषणा गरिएको छ ।

हिमाली जिल्लाका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको लेख रचनालाई प्राथमिकता दिने गरि प्रतियोगीताको घोषणा गरिएको हो ।

प्रतियोगीतामा प्रथम हुनेले नगद ११ हजार प्राप्त गर्नेछन् भने द्धितीय र तृतीय हुनेले ९ हजार र ६ हजार प्राप्त गर्नेछन् । प्रतियोगीतामा सहभागी ३ लेख रचना सम्बन्धित विद्यार्थीलाई २ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

आगामी फागुन १२ गतेसम्म लेख रचना आब्हान गरिएको प्रतियोगीताको नतिजा तथा पुरस्कार वितरण कार्यक्रम फागुन १९ मा विश्व वन्यजन्तु दिवसको अवसरमा राखिनेछ ।

प्रतियोगीताले विश्वमै लोपन्मुख बनेको हिउँचितुवाको संरक्षणमा टेवा पुग्ने आशा राखिएको प्राजेक्टका नेपाल टिम लिड डा. शैलेन्द्र थकालीले बताए ।

लेख रचना himalstudio123@gmail.com मा पठाउन सकिनेछ । हिमाल एफ.एम. र खुम्बु एफ.एम. प्रतियोगीताको मिडिया पार्टनरमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार