चुनावको नारा लगाएर संविधानमाथि प्रहार: काँग्रेसका केन्दीय सदस्य केसी

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु-नेपाली काँग्रेसका केन्दीय सदस्य बल बहादुर केसीले केपीओली नेतृत्वको सरकारले चुनावको नारा लगाएर संविधानमाथि प्रहार गरेको आरोप लगाएका छन् । थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा आयोजना गरिएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै केसीले यस विरुद्ध सवैजना सडकमा उत्रन अपिल गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले विहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । कांग्रेसले ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार सोलुखुम्बुमा पनि विरोध कार्यक्रम भएको हो ।

काग्रेसले थुलुङ दुधकोशी गाउँपालिकाकै नेले र मुक्लीमा पनि विरोध सभा गरेको छ । जिल्ला सभापति विनोद वस्नेतले सभालाई सम्बोद्धन गर्नुभएको थियो ।

उता सोताङ गाउँपालिकामा पनि प्रधानमन्त्री ओलीको असंवैधानिक कदम प्रति सबै वडामा विरोध प्रदर्शन गरिएको काँग्रेस गाउँपालिका सभापति गणेश बस्नेतले बताए ।
यसैगरी नेपाली कांगे्रस थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिमले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा वडा सभापति पदम बहादुर राई लगायत नेपाली कांगे्रस, तरुण दल र नेविसंघका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको संवाददाता अम्बिरकाजी तामाङले जानकारी दिए ।

यस्तै ताप्ली गाँउपालिका उदयपुरले ५ वटै वडामा विरोध प्रदर्शन गरेको छ । संसद पुनस्थापनाको माग गर्दै कांगे्रसले वडा नं ५ रुपाटार र वडा नं २ लेखगाँउमा प्रर्दशन गरेको छ । क्षेत्रीय प्रतिनिधि एवम महाधिवेशन प्रतिनिधि जय बहादुर मोते लगायत विभिन्न नेता कार्यकर्ताहरुको उपस्थितीमा विरोध प्रदर्शन गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिए ।

तस्बिर फाइल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार