डिएसपी कट्वाल सोलु आए, पत्रकारसँग भेटघाट

सोलुखुम्बु- सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले शान्ती सुरक्षा चुस्त बनाउन पत्रकार र प्रहरी बिच समन्वय आवश्यक रहेको बताएका छन् ।

विहीबार पत्रकार सँगको भेटघाट कार्यक्रममा बोल्दै डिएसपी कटवालले जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्दै अपराधमुक्त क्षेत्र बनाउने कार्यका लागि सहकार्य हुन आवश्यक रहेको बताएका हुन् ।

नागरिकलाई सुसुचित गर्नका लागि र आपाराधिक क्रियाकलाप नियन्त्रण तथा रोकथामका लागि समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सोलखुम्बुका अध्यक्ष मनोज कुमार श्रेष्ठ लगायत जिल्लाका सञ्चार माध्यममा सक्रिय पत्रकारको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार