ओलीलाई सधार्न सकिएनः प्रचण्ड

  हिमाल समाचार
35 Shares

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नम्बर एक अपराधी ठानिरहेको टिप्पणी गरेका छन् । ओलीले आफूलाई सिध्याउन राजावादी र दक्षिणपन्थीसँग साँठगाँठ गरेको आरोप लगाए ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्‍न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताए ।
ओलीका पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहका मान्छेहरु दौडिएको प्रचण्डको टिप्पणी थियो । अदालतले संसद पुनःस्थापनाको पक्षमा निर्णय गर्ने र निर्वाचन आयोगले पनि आफूहरुलाई वैधानिक नेकपा मान्ने प्रचण्डको दाबी थियो ।

ओलीले कर्मचारीलाई समेत धम्की दिएर प्रदर्शनमा सहभागी हुनबाट रोक्न खोजेको भन्दै प्रचण्डले कसैसँग नडराउन भने । उनले ओलीबाट कुनै कर्मचारी कारबाहीमा परेमा संरक्षण गरिने समेत बताए ।

ओलीले आफ्नो उदारताको दुरुपयोग गरेको प्रचण्डको आरोप थियो । विगतमा ओलीलाई सम्झाई बुझाई गर्न खोज्नु नै गल्ती भएको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार