बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबुल

  हिमाल समाचार
28 Shares

काठमाण्डौ- बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ ।

प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

पौडेलविरुद्ध अविश्वासको प्रस्ताव राख्दै उहाँले प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव पेश गरेका हुन् ।

अविश्वासको प्रस्तावमा ४५ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

प्रदेश सभा सदस्य अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव राखेसँगै शुक्रबारका लागि बसेको प्रदेश सभा बैठक स्थगित भएको छ ।

अविश्वासको प्रस्तावमाथिको छलफल माघ १९ गते बस्ने प्रदेश सभा बैठकमा हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारीदिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार