सोलुखुम्बु- खुम्बु क्षेत्र प्रवेशका लागि पिसिआर रिर्पोट नचाहिने भएको छ ।
कोरोनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ देखाएपछि मात्रै खुम्बु प्रवेशका लागि अनुमति दिने गरिएकोमा अब रिपोर्ट नचाहिने भएको हो ।
बाहिरी जिल्लाबाट आउने नागरिक, पर्यटक र यात्रु अब माघ १० गते देखि पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुूृ नपर्ने व्यवस्था मिलाईएको खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रमुुख प्रसासकिय अधिकृत विनोद भट्टराईले बताए ।
अहिले कोरोनाको परिक्षण देखिएका र शंकास्पद व्यक्तिलाई पासाङल्हामु निकोलनिकि अस्पताल लुक्ला मा एन्टीजिन परिक्षणको व्यवस्था मिलाईएको, गाउँपालिका अन्तरगत र लुक्ला अस्पतालका स्वास्थ्यकर्मीलाई पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्ने तालिम दिईएको भट्टराईले जानकारी दिए ।
कोरोना संक्रमण दर घट्दै गएको, नेपाल सरकारले लकडाउनलाई हटाएको र कोरोना विरुद्धको खोप लगाउने प्रक्रिया शुरु भएकाले पिसिआर रिर्पोट पेश गर्नुपर्ने व्यवस्था हटाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यात्रु, पर्यटक तथा अन्य नागरिकको आवतजावतको व्यवस्था मिलाउन हवाई कम्पनिलाई समेत आग्रह गरेको छ ।