कम्यूनिष्टको औचित्य नभएको काग्रेस नेता शेर्पाको टिप्पणी

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु-नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले कम्यूनिष्टको औचित्य सकिएको बताए ।

आज सोलुखुम्बुको नेचामा आयोजित कांग्रेसको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस सोलुका पुर्व सभापति शेर्पाले संसद विघटन गरेसंगै कम्यूनिष्टको औचित्य सकिएको बताए । फरक प्रसंगमा नेता शेर्पाले पार्टी भित्र गुट देखिएपनि भावनात्मक रुपमा कांग्रेस एक रहेको दाबी गरे ।

भेलामा कांग्रेस नेता चन्द्र आचार्य, धनजन राई, सोलुदुधकुण्ड नगर सभापति दावागेलु पाख्रिन, नेपाल दलित संघका अध्यक्ष कर्ण बहादुर विश्वकर्मा, तरुण नेता फुर्वाग्याल्जेन शेर्पा लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार