नेचामा कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमको लागि समिती गठन

  हिमाल समाचार
98 Shares

सोलुखुम्बु- नेचासल्यान गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमको लागि समिती गठन गरेको छ ।
गठित समिती मध्ये केरा पकेट कार्यक्रमको लागि किरण राईको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ । सदस्यहरुमा लिला राई, लोनाथ बास्तोला, गौधन राई, लेख कुमारी फुयाल रहेका छन ।

यस्तै आलुु पकेट कार्यक्रमकाृ लागी हेमन्त राईको संयाजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ । समितीको सदस्यहरुमा संयोजक राई, युजन राई, यशोदा भण्डारी, देविका खड्का रहेका छन् ।

यस्तै बाख्रा पकेट कार्यक्रमको लागि पुष्प भण्डारीको संयोकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ । समितीको सदस्यहरुमा भीम कुमार राई, प्रेम कुमारी बास्तोला, कृष्ण खड्का, हेमा कार्की रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार