उदयपुर-वल्ड भिजन इन्टरनेशनल नेपाल र जालपा एकिकृत विकास समाज उदयपुरको समन्वयमा ताप्ली गाँउपालिकामा बालमैत्री स्थानीय शासन विषयक एक दिने अन्तरक्रियाको आयोजना गरिएको छ ।
सोही अवसरमा बालबालिकाको हकहितका निम्ति काम गर्ने उद्देश्य सहित गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाको अध्यक्षतामा ७ सदस्यीय पालिकास्तरीय बालमैत्री स्थानीय समिति गठन गरिएको संवाददाता ठविन्द्र मगरले बताए ।
ताप्ली गाँउपालिकाका सबै वडामा बालमैत्री स्थानीय समिति गठनको लक्ष्य अनुरुप वडा नं १ ओख्ले र वडा नं ५ रुपाटारमा समिति गठन गरिसकिएको र अन्य वडामा पनि छिटै समिति गठन गरिने गाँउपालिका अध्यक्ष थापाले बताए ।
अन्तरक्रिया एवम समिति गठन कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, महिला स्वास्थ्य स्वयमसेविका, वल्ड विभजन र जालपा एकिकृतका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।
फोटो अनलाइनबाट साभार