साकेला गाउँपालिका–२ का वडासदस्यको भीरबाट ल’डेर मृ’त्यु

  हिमाल समाचार
42 Shares

खोटाङ- साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट ल’डेर मृ’त्यु भएको छ ।

शनिबार रतन्छाबाट मबु जाने क्रममा वाकुर्तुम जंगलमा रहेको भीरबाट ल’डेर वडासदस्य फुयाँलको मृ’त्यु भएको हो ।

करिब तीन सय मिटर तल खसेका फुयाँलको घ’ट्नास्थलमै मृ’त्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले जानकारी दिए ।

फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओबादी केन्द्रका तर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।

फोटो रोदिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार